ट्रकले किच्दा उदयपुरमा एक बालकको मृत्यु (फोटो सहित)

उदयपुर । ट्रकले किच्दा उदयपुरमा एक बालकको बुधबार मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका–४ कटारी बजारमा किच्दा उनको मृत्यु भएको हो । मृत्य हुनेमा कटारी निवासी बर्ष चारको मौसम राई रहेका छन् । कटारीबाट सोलुखुम्बुका लागि छुटेको ना ४ ख ८८९८ नम्बरको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रहरीका अनुसार आमा र दीदीसँग माउली जानेक्रममा तिव्र गतिमा आएको ट्रकले उनलाई किचेको थियो । बालकको मृत्युपछि आफन्तले कटारी बजार क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् । उता ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इलाक प्रहरी कार्यालय कटारीमा राखिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *