द.कोरियामा संकलित २ लाख ३३ हजार ६०२ रुपैया रकम बोनम्यारो पिडित शान्तिलाई हस्तान्तरण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ बोक्से (नयाँबस्ती) की बोनम्यारो पिडित शान्ति राईलाई दक्षिण कोरियामा संकलन भएको सहयोग रकम आइतबार हस्तान्तरण गरिएको छ । कोरियामा कार्यरत उदयपुरका युवाहरु सन्जिब राई, निश्चल बान्तवा (मनोज) र गोपीकृष्ण राईको अगुवाईमा संकलित सहयोग रकम २ लाख ३३ हजार ६ सय २ रुपैया एक कार्यक्रमका बिच मिडियामार्फत हस्तान्तरण गरिएको हो ।


शान्ति राई बचाउ अभियान समितिको पदाधिकारीहरुको रोहबरमा शान्तिकी बुवा डिगबहादुर र आमा रामकुमारी राईलाई मिडियाको तर्फबाट नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राईले हस्तान्तरण गरेका थिए । शान्ति उपचारको क्रममा काठमाडौं रहेकीले उनको बुवाआमालाई रकम हस्तान्तरण गरिएको हो । त्यसैगरि दक्षिण कोरियामै रेजिना राई लगायतको अगुवाईमा संकलित रकम १ लाख १७ हजÞार ६ सय ९६ रूपैया एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

बोनम्यारो पिडित राईको घरमा भएको कार्यक्रममा रेजिनाको श्रीमान सञ्जय याक्खाले शान्ति राई बचाउँ अभियान समितिका अध्यक्ष ज्ञान राईलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा योसंग शान्तिलाई २६ लाखको हाराहारीमा सहयोग रकम जुटेको शान्ति राई बचाउँ अभियान समितिका अध्यक्ष राईले बताए । निको भएर राम्रो शिक्षिका बन्ने सपना बोकेकी शान्तिको बोनम्यारो नै फेर्नुपर्ने अवस्था छ ।

भारतमा बोनम्यारो फेर्नका लागि २५ लाख रुपैया लाग्ने र अन्य थप १५ लाखबढि खर्च आवश्यक पर्ने परिवारको अनुमान छ । शान्तिलाई सहयोग रकम जुट्ने क्रम जारी रहेको समितिले जनाएको छ । यसअघि अस्पतालमा हुनुपर्ने विरामी शान्ति, घरको नाजुक अवस्थाका कारण घरमै बसिरहेकी छिन् भन्दै बिभिन्न मिडियामा समाचारहरु प्रकाशन, प्रशारण हुदै आएको थियो ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *