उदयपुर । त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले सात जना सल्लाकार मनोनयन गरेका छन् । नगर विकासको गतिबिधिमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो निजी सचिवालयमा सल्लाकार समिति गठन गरेका हुन ।
मेयर चौधरीले नेकपाका प्रदेश सदस्य इश्वरमणी राउत, नेता प्रमेश्वर घिमिरे, किरण राई, गीता रेग्मी, श्री बहादुर खड्का, दिर्घलाल चौधरी र गीता खड्कालाई सल्लाकारमा मनोनयन गरेको नगरपालिकाका प्रवक्ता केदार कुमार दनुवारले जानकारी दिए ।
सल्लाकारमा मनोनित सात मध्ये ५ जना पूर्व एमाले र २ जना माओवादी केन्द्रबाट छन । जसमध्ये किरण राई, गीता रेग्मी र गीता खडका चुनावमा सगै होमिएका सदस्यहरु हुन । त्रियुगा नगरपालिकालाई आवश्यक सुझाव, सल्लाह, राय तथा मार्गनिर्देशन गर्न सल्लाकार मनोनयन गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।
भिडियोः–
Facebook Comments