सम्झनामा आइरहन्छाै बाेलकाे नयाँ पूर्वेली गीत सार्वजनिक (भिडियो सहित)

काठमाडाै । गायिका अर्जुना राई र गायक शुभम राईको स्वरमा “सम्झनामा आईरन्छौ” बोलको नयाँ पूर्वेली गीत सार्वजनिक भएको छ । प्रेमिल भावमा रहेको यो पूर्वेली लोक गीतमा, गाउँ घरमा घाँस काट्दा लगाईने माया पिरतीको बर्णन गरिएको छ । यो गीत लोक लयमा भएपनि डान्सिङ बिटमा तयार भएको यो गीतले धेरैलाई नचाउन सक्ने बनेको छ ।

ईन्द्र जिजीबिषाको शब्द रचनामा रहेको यो गीतलाई संगीतकार तथा गायक सुमन राईले लय संकलन/कम्पोज गरेका हुन् । चलचित्र “मट्टिमाला” मा संगीत गरेर चर्चाको शिखरमा पुगेका संगीतकार सुमन राई पछिल्लो समय निक्कै व्यस्त संगीतकारको रुपमा रहेका छन् ।

यो गीतको एरेन्ज राजु कार्की र गोविन्द सोनीले मिक्सिङ्ग गरेका हुन् । मोडेल सोनिया राई र गायक स्वयम् शुभम राईले अभिनय गरेको यो गीतको म्युजिक भिडियो पनि अति राम्रो बनेको छ । काठ्माडौकै रमणिय स्थलहरुमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियोलाई छायांकन,सम्पादन र निर्देशन बिनोद बिनिर्जरा राईले गरेका हुन् ।

अर्जुना राईले निर्माण गरेको म्युजिक भिडियो “सम्झनामा” लाई खिचडी नेपालको प्रस्तुतीमा हाम्रो प्रतिभा प्रोडक्सनले बजारमा ल्याएको हो । उक्त म्युजिक भिडियोमा संजिता राईले मेकअप गरेकी हुन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *