बिभिन्न साँस्कृतिक कार्यक्रम सहित उदयपुरमा ‘माघेसंक्रान्ति २०७५’ मनाईने

उदयपुर । आफ्नो मुख्य चाडको रुपमा माघेसंक्रान्तिलाई मनाउदै आएका मगर समुदायले उदयपुरमा पनि बिभिन्न साँस्कृतिक कार्यक्रम सहित ‘माघेसंक्रान्ति २०७५’ मनाउने भएका छन् । आउदो माघ ५ गते जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेमा हुने कार्यक्रममा मगर समुदायका कलाकारहरुले बिभिन्न साँस्कृतिक तथा साङ्गितिक कार्यक्रमहरु प्रस्तुत गर्ने छन् । कार्यक्रम नेपाल मगर संघ त्रियुगा नगर कमिटी र वडा कमिटी ७, ८ र ९ को संयुक्त आयोजना हुन लागेको हो ।

कार्यक्रममा लोप हुदै गएको हुर्रा, कौडा, मारुनी, झ्याउरे लगायतका साँस्कृतिक नृत्यहरु रहने नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र मगरले बताए । अध्यक्ष मगरका अनुसार बिभिन्न पूर्बेली लोक संगीतहरुमा पनि कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्ने छन् । अहिले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अयोजकले जनाए । जिल्लाको बिभिन्न क्षेत्रमा छरिएर बसेका मगर समुदायको उल्लेखनीय उपस्थिति रहने कार्यक्रममा मगर खाना परिकारहरु समेत रहेने छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *