हात्ती आक्रमणबाट उदयपुरमा एक बृद्धा महिलाको मृत्यु

उदयपुर । जंगली हात्तीको आक्रमणबाट उदयपुरमा एक बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका १२ की अन्दाजी ६०–६५ बर्षिया सावित्रा राई रहेको छ । उनको त्रियुगा नगरपालिका २ स्थित लुहाले सामुदायिक वनको क्षेत्रमा हात्तीको आक्रमणबाट आईतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।

प्रहरी निरिक्षक कुर्मीका अनुसार दिउसो करिव ३ बजेको समय घाँस काट्न जंगल गएकी राई माथि जंगली हात्तीले आक्रमण गरेको थियो । घटनाको जानकारी आउने वित्तिकै घटनस्थलमा प्रहरी पुगेर घटना प्रकृती मुचुल्का तयार गरि मृतक राईको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याईएको छ ।

त्यसैगरि जंगली हात्तीको आक्रमणबाट बृद्धाको मृत्यु भएको डिभिजन वन कार्यालय उदयपुरले पुष्टी गरेको छ । डिभिजन वन अधिकृत बिष्णु प्रसाद आचार्यले राईको हात्ती आक्रमनबाट मृत्यु भएको पुष्टि गर्दै मृतकका आफन्तलाई सरकारको तर्फबाट प्राप्त हुने क्षति तथा राहतको लागि आवश्यक सहयोग र सिफारिस गर्ने जनाएका छन ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *