उदयपुरमा प्रथम बेटी सम्मेलन हुदै

उदयपुर । नेपालमै पहिलो पटक हुन लागेको ‘प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५’ उदयपुरमा हुने भएको छ । सम्मेलन मुल आयोजक समितिले बिहिवार पत्रकार सम्मेलन गर्दै सो कार्यक्रम बारे जानकारी दिएका थिए । मुलधार महिला सेवा केन्द्र (मासबेस) उदयपुरको आयोजनामा हुन लागेको सो सम्मेलन सदरमुकाम गाईघाटमा तिन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

‘समृद्ध नेपाल सुखी नेपालीः चेलिबेटीको सुरक्षा र सम्मान हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ सम्मेलन माघ १८ देखि २० गतेसम्म सञ्चालन हुने मुल आयोजक समितिका संयोजक नजबुल खान ‘निलम’ले बताईन् । संयोजक खानका अनुसार बेटी अर्थात छोरीहरुको सुरक्षा, शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठान गर्न सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

सम्मेलनमा सात प्रदेश र ७७ जिल्लाका संघ र प्रदेशका सांसद्, महिला अधिकारकर्मी, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज लगायतका व्यक्तित्वहरुको सहभागिता रहने मुल आयोजक समितिका प्रवक्ता सरिता राईले बताईन् । कार्यक्रममा बिभिन्न व्यक्तिहरुले प्रस्तुत गरेको कार्यपत्र माथि छलफल, बिभिन्न चर्चित व्यक्तित्वहरुको प्रस्तुती लगायत प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५ घोषणा पत्र जारी गर्दै सम्मेलन समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *