उदयपुरमा छड्के अनुगमन, ग्याँसमा व्यापक कालोबजारी

गजेन्द्र राई
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा रहेको ग्याँस डिलरहरुले ग्याँस लुकाएर कालाबजारी गर्ने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले बिहिवार गरेको छड्के अनुगमनमा यस्तो भेटिएको हो । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत खेमराज थापा नेतृत्वमा पिपलचोक नजिक रहेको कोशी ग्याँस डिलर, बाबारानी मार्गमा रहेको रिजालको ग्याँस डिलर र सुपर ग्याँस डिलरमा गरिएको अनुगमनको क्रममा यस्तो भेटिएको हो ।

प्रशासकीय अधिकृत थापाका अनुसार अनुगमनको क्रममा कोशी ग्याँस डिलरले ६५ सिलिन्डर ग्याँस लुकाएर राखेको भेटिएको छ । त्यसैगरि रिजालको ग्याँस डिलरले एउटै व्याक्तिलाई ४५ सिलिन्डरसम्म ग्याँस बितरण गरेको पाईएको छ । यसैगरि सुपर ग्याँस डिलरले ग्याँस लुकाएर महँगो शुल्कमा ग्राहकलाई बिक्रि गर्ने गरेको पाईएको छ । एक महिनाबाट बजारमा ग्याँस हाहाकार देखिएपछि प्रशासनले अनुगमन गरेको थियो । अनुगमन भईरहदाँ बजारमा ग्याँसको हाहाकार देखिएपनि ग्राहकले महंगो शुल्क तिर्न तयार भए सबै डिलरहरुले ग्याँस उपलब्ध गराईदिने गरेको स्थानीयहरुको भनाई थियो ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *