यातायत व्यवस्था सेवा कार्यालय उदयपुरको मोटरसाईकल, कर्मचारीद्धारा दुरुपयोग

गजेन्द्र राई
उदयपुर । यातायत व्यवस्था सेवा कार्यालय गाईघाट उदयपुरले आफ्नो कार्यालयमा रहेको सरकारी मोटरसाईकल दुरुपयोग गर्ने गरेको भेटिएको छ । मोटरसाईकल कार्यालयमा कार्यरत कर्मचारीबाटै दुरुपयोग हुने गरेको भेटिएको हो । नियमित चेकजाँचको क्रममा सो कार्यालयका तिन कर्मचारीले एउटै मोटरसाईकल प्रयोग गरेर यात्रा गर्ने क्रममा बुधवार जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको थियो।

सरकारी मोटरसाईकल दुरुपयोग गर्ने कर्मचारीहरु

ट्राफिक प्रहरी कार्यालयका अनुसार बा. २ ब. ३५६६ नम्बरको मोटरसाईकलमा सवार उनिहरु सदरमुकाम गाईघाट स्थित मेनचोकमा पक्राउ परेको थियो । नायब सुब्बा सुनिलकुमार चौधरी चालक रहेको सरकारी मोटरसाईकलमा अन्य यातायतका दुई कर्मचारी रहेको ट्राफिक प्रहरी जवान शंकर लामिछानेले बताए ।

ट्राफिक प्रहरी जवान लामिछानेका अनुसार उनिहरुको साथमा सवारी दर्ता प्रमाण–पत्र र सवारी चालक अनुमति प्रमाण–पत्रसमेत रहेको थिएन । अहिले पक्राउ परेको सेतो नम्बर प्लेटको मोटरसाईकल जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *