खोटाङमा एसएलसीको परिणाम पठाउन पनिकाको ढिलाइ

खोटाङ / परिक्षा नियन्त्रण कार्यालयले जिल्लामा एसएलसिको परिणाम पठाउन ढिलाइ गरेको छ। बिहीबार एसएलसीको परीक्षा सार्वजनिक गरेको परिक्षा नियन्त्रण कार्यलयले शुक्रबार मध्यन्हसम्म पनि खोटाङमा नजिता पठाएका छैनन्। पनिकाले समयमा परीक्षाको नतिजा नपठाउँदा ‘ई’ देखि ‘ए’ प्लस ग्रेडमा उत्तीर्ण गर्ने विद्यार्थीको तथ्यांक हालसम्म थाहा हुन नसकेको जिल्ला शिक्षा अधिकारी निर्मल भट्टराईले बताए। ‘अहिलेसम्म पनिकाले रिजल्ट पठाएको छैन,’ कार्यालयमा पुग्दा जिशिअ भट्टराईले भने, ‘पनिकालाई इमेल पठाएको छौं, आएपछि मात्र रिजल्टका बिषयमा बताउन सकिन्छ।’

रिजल्टको विस्तृत विवरण नआउँदा ९ ग्रेडमा उत्तीर्ण भएका र मौका परीक्षा पाएका विद्यार्थीको विषयमा थाहा हुन सकेको छैन। अघिल्ला वर्षसम्म शिक्षाले नतिजा सार्वजनिक गरेकै दिन एलएलसिको नतिजाका बिषयमा बताउँदैआएको थियो। कार्यालयका अनुसार यसवर्ष नियमिततर्फ ३ हजार ६९२ र एक्जाम्टेडतर्फ ३ हजार १०३ परीक्षार्थी एसएलसीमा सामेल भएका छन्। गत वर्षको एसएलसीमा खोटाङले मुलुकमै सबैभन्दा कमजोर नतिजा ल्याएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *