‘पथरीकाे यौनधन्दा प्रहरीले हटाएरै छाड्ने’

यौन धन्दामा बालबालीका पनि, आइतबार तीन जोडी पक्राउ

पथरी/ इलाका प्रहरी कार्यालय पथरीले पथरीबजार क्षेत्रमा भइरहेको यौन धन्दा हटाएरै छाड्ने बताएको छ । यौनकर्मिहरुले एक दशक यता पथरीबजारलाई यौन धन्दा गर्ने सुरक्षित थलोको रुपमा लिर्दै यौन गतिबिधि गर्दै आएका छन् ।

पथरीबजारको पूर्व पश्चिम लोकमार्ग सडकको उत्तर र दक्षिणमा खोलिएको होटल एण्ड लजहरु प्राय यौनधन्दा गतिविधि संचालन गर्ने उद्देश्यले खोलिएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजन कार्कीले बताए । मासिक ४० हजार देखि ८० हजार सम्म तिर्ने गरी सडक छेउका दोस्रो र तेस्रो तला सम्मको घरहरु भाडामा लिएर होटल एण्ड लज संचालन गर्दै आएको पाएको प्रहरीको भनाई छ ।

अहिले होटल व्यावसायी संघ पथरीमा आवद्ध २३ भन्दा वढी होटलहरु मात्र छन् । तर संघ भन्दा बाहिर पथरी बजारमा साना तथा ठुला होटल एण्ड लजहरु ७० देखि ८० वटा छन् ।

कसैले अगाडी होटल जस्तो अलिक टाढा घरमा यौन धन्दा व्यवसाय पनि गर्दै आएको इस्पेक्टर कार्कीले बताए । पहिल्लो समयमा पक्राउ परेका विकास होटल एण्ड लजका संचालक विकास राईले एउटा होटलमा तिन घण्टे जोडीहरु दैनिक २ देखि ३ जोडी सम्म आउने प्रहरी समक्ष बताए ।

केहि महिना अघि इलाका प्रहरी कार्यालय पथरीमा इस्पेक्टर रमेश बस्नेत हुदा होटल व्यवसायी सँग प्रहरीको मिलेमतोमा पथरीका दुईचार होटलहरुले यौनकर्मीहरु नै राखेर यौन धन्दा संचालन गर्दै आएका थिए ।

पछिल्लो समयमा इलाका प्रहरी कार्यालय पथरीमा राजन कार्की प्रमुख भएर आएपछि उनको पहिलो मिसन पथरीबजारलाई यौन गतिविधि मुक्त शहर बनाउने घोषणा गरेका थिए । प्रहरीले आइतबार पथरीको बिभिन्न होटलमा छापामारी ३ जोडीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ गछिया बस्ने ३३ बर्षिय पर्वत पन्थ र दमककी २५ बर्षीय महिला,बयरवन ८ का २५ बर्षिय प्रकास तामाङ र पथरीबजारका २३ बर्षिय युवती र त्यसैगरी दमक ४ बस्ने ३३ बर्षिय विष्णु ढुङ्गाना र दमक कै ४१ बर्षिया महिला प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुईजना युवती अविवाहित हुन् । पथरीको सडकमा जोडिएको रातोभाले, नाल्बो र खड्का होटल एण्ड लजबाट पक्राउ गरेको र पक्राउ परेका एकजना महिलासँग बिषादित औषधि पनि भेटिएकोले उनिहरुको अनुसन्धान भैरहेको इस्पेक्टर कार्कीले बताए । त्यसैगरी एक हप्ता अघि सडक उत्तरको विकास होटल एण्ड लजबाट १४ बर्षिय बालिका सहित दुईजना पथरीका युवालाई पक्राउ गरेको थियो ।

कक्षा ९मा पढ्ने झापा माइधारकी दुईजना बालिका र पथरीबजारका बर्ष १७ को उमेश बस्नेत र बर्ष १७ कै दिनेश लिम्बूलाई पक्राउ गरेको थियो ।

प्रहरीको बयानमा ति युवतीहरुले फेसबुकको च्याटमा गफ भएपछि पथरीमा भेट्न बोलाएपछि आएको बताएका थिए । बस्नेत र लिम्बूले २ बजे नै दुइवटा कोठा बुक गरेर बसेको र उनिहरुलाई प्रहरीले साँझ सुराकीको आधारमा प्रकाउ गरेको थियो । भालिपल्ट उनिहरुलाई आफ्ना अभिभावकहरु बोलाएर जिम्मा लगाएको इस्पेक्टर कार्कीले बताए ।

त्यसैगरी फागुन २ गते यौनकर्मी जोडी सहित होटल संचालक पक्राउ गरेको थियो । सडकको दक्षिण पटि जोडिएको पाथिभरा होटल एण्ड लजका संचालक कमला लिम्बू सहित एकजोडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । तेह्रथुम घर भएकी महिला र पर्सा जिल्ला वीरगंज घर भएका १८ बर्षिय रवी कुमार जैसावाललाई पक्राउ गरेको थियो ।

उता प्रहरीले होटल संचालक लिम्बूलाई सार्वजानीक मुद्दा समेत चलाएको थियो । म्बू धरैटी तिरेर दुई हप्ता पछि प्रहरीको खोरबाट निस्कीएका थिए ।त्यसैगरी यौनधन्दा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पथरीले माघ २ गते तिन जोडीलाई रङ्गेहात पक्राउ गरेको थियो ।

पक्राउ गरेका युवतीहरु सवै बिवाहित र उनीहरुको श्रीमान बैदेशीक रोजगारका लागी विदेश रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । उता होटल व्यवसायी संघ पथरीका अध्यक्ष पृथ्वी आलेमगरले होटलहरुले दुई घण्टे व्यवसाय गर्न पाउनु पर्ने बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *