जेवाससिसिले डिभिजन प्रमुख श्रेष्ठलाई सम्मान

उदयपुर ।  पत्रकारहरुको खानेपानी सरसफाई र स्वच्छता समन्वय समिति उदयपुरले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय उदयपुरका प्रमुख रामकुमार श्रेष्ठलाई सम्मान गरेको छ । कार्यालय प्रमुख श्रेष्ठले उदयपुरलाई खुल्ला दिसामुक्त जिल्लाको रुपमा घोषणा गर्दै पूर्ण सरसफाईयुक्त जिल्लाको रुपमा बिकास गदै लैजान महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको हो ।

उदयपुरको दुर्गम भेगमा खानेपानीको समस्याबाट आजित भएका जनताहरुलाई पिउने पानीको पहुँच पु¥याउन सफल भएकाले कार्यालय प्रमुख श्रेष्ठलाई सम्मान गरिएको जेवाससिसिका संयोजक तथा बरिष्ठ पत्रकार कौशल चेम्जोङ्गले बताए । डिभिजन प्रमुख श्रेष्ठ आएपछि उदयपुरमा खानेपानीको क्षेत्रमा महत्वपूर्ण काम भएको छ ।

जसमा वर्षैदेखि अलपत्र अबस्थामा रहेको दर्जनौ खानेपानी योजनाहरु सम्पन्न भई खानेपानी उपलब्ध भएको छ । त्यसमा बेल्टारको श्रीपन्चमी खानेपानी योजना, बसाहा खानेपानी योजना, भिमाहा खानेपानी योजना, हडिया खानेपानी योजना, चुहाडे खानेपानी योजना लगायत दर्जनौ खानेपानी योजना सफल रुपमा सम्पन्न भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *