बलात्कारमा संलग्न कोइराला उदयपुर जिल्ला प्रहरी कार्यालयबाट फरार

गजेन्द्र राई
उदयपुर । बलात्कारको आरोपमा पक्राउ परेको एक युवा प्रहरी कार्यालयबाट फरार भएको छ । उदयपुरको कटारी नगरपालिका– ४ सिम्ले पानीट्याङकीका ३५ वर्षिय दिपेन्द्र कोईरालाले आफनै घरमा डेरा गरि बस्ने १७ वर्षिय किशोरीलाई बलात्कार गरेको पिडितले बताएका छन् । गत बैशाख २८ गते राती घरमा श्रीमति नभएको मौका पारि कोईरालाले आफनै घरमा पढ्न बसेकी किशोरीलाई डर धम्की दिएर जबरजस्ती करणी गरेको घटना लामो समयपछि सार्वजनिक भएको हो ।

कोईरालाका श्रीमति दुई बच्चालाई घरमा नै छाडेर त्यस दिन बाहिर गएको दुवै बच्चा राती रुन थालेपछि घरमा डेरा गरि बस्ने किशोरीलाई एउटा बच्चा सुताई दिन आग्रह गरेको र राती बच्चा माग्ने बहानामा किशोरीको कोठामा गई ज्यान मार्ने धम्कि दिदै बलात्कार गरेको पिडितको अभिभावकले बताए । पिडित किशोरीले घटनाको बारेमा अभिभावकलाई जानकारी दिए अनुसार ज्यान मार्ने धम्की दिएर किशोरीलाई बलात्कार गरेको बताएपछि अभिभावकले ईलाका प्रहरी कार्यालय कटारीलाई जानकारी दिएपछि कोईरालालाई असार १३ गते पक्राउ गरि सोही दिन जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा मुद्धा दर्ता गरि कारबाही अगाडी बढाउनु पर्नेमा असार १४ गते बिहान दुवै पक्षको अभिभावकलाई बोलाई छलफलको क्रममा आरोपित कोईरालालाई प्रहरी कार्यालयबाट फरार भएको पिडितको भनाई रहेको छ । पिडितका अनुसार आरोपित कोईरालालाई प्रहरी कार्यालयबाट उनकै भाई राम कोईरालाले प्रहरीकै सामुन्ने मोटरसाईकलमा चढाएर भगाएको आरोप रहेको छ । फरार भएका कोइरालालाई पक्राउ गरि कारबाही गर्न उजुरी दिएर पटक पटक प्रहरी कार्यालय पुग्दा प्रहरीले फोटो लिएर आउन भन्दै टार्ने गरेको पिडितका अभिभावकले बताए । कोईरालाका आफन्तले भने धाक धम्की दिदै मिलापत्रका लागि ५ लाखको प्रस्ताब गरेको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *