सामुहिक बलात्कारको कसुरमा १० बर्ष ६ महिना कैद र २ लाख क्षतिपुर्ति

उदयपुर । १४ बर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको कसुरमा उदयपुरका ५ जना बालकलाई जिल्ला अदालतले बुधबार फरक–फरक कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले बलात्कारको कसुर गरेको ठहर गर्दै १६ बर्ष माथिका १८ बर्षभन्दा मुनीका ४ जनालाई १० बर्ष ६ महिना जेल सजाय तोकेको हो । त्यस्तै १५ बर्षीय बालकको हकमा नावालक ठहर गर्दै ७ बर्ष कैद र फरार रहेका अर्का एक १७ बर्षीय बालकको मुद्दा मुलतवीमा राखी कारवाही अघि बढाउने फैसला गरेको हो ।

फैसलामा पीडितलाई कसुरदारहरुबाट २ लाख रुपिँया क्षतिपुर्ति भराउनेसमेत आदेश दिइएको छ । कसुर ठहर गरिएका कसुरदारहरु बालक नै रहेकाले १८ बर्ष नपुगुन्जेल कैद भुक्तानका लागि बालसुधारगृहमा पठाउने र त्यसपछि पन कारगार पठाउने गरी आदेश दिइएको अदालतका नायवसुब्बा कमला निरौलाले जानकारी दिईन् । १६ बर्ष माथिकाको हकमा बलात्कारको कसुरमा ९ बर्ष र सामुहिक बलात्कारको कसुरमा थप ५ बर्ष गरी १४ बर्ष कैद हुने कानुनी व्यवस्था भएपनि कसुरदारहरु वालक रहेकाले कानुन वमोजिम पूर्ण सजायको दुई तिहाईको फैसला सुनाइएको हो । त्यसैगरी १५ बर्षका हकमा भने पूर्ण सजायको आधा हुने कानुनी व्यवस्था वमोजिम सजाय सुनाइएको हो ।

बालिकालाई २०७४ भदौ १५ गते कटारी नगरपालिका ४ फुटवल मैदानमा बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ १६ इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण भदौ १६ गते कटारी अस्पतालमा गरिएको थियो । उजुरी परे लगत्तै गिर्फतार भएका उनीहरुलाई अदालतले ०७४ असोज २३ गते पुर्पक्षका लागि कारागार र बालकको हकमा बालसुधारगृह पठाउने आदेश दिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *