छिमेकी हत्या आरोपमा महिला वडा सदस्य सहित उदयपुरमा चार जना पक्राउ

उदयपुर  ।  छिमेकी महिला हत्या आरोपमा एक महिला वडा सदस्य सहित चार जना उदयपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ४ बलम्ताका महिला वडा सदस्य बर्ष ३६ को जानुका राई रहेकी छिन् । उनि सँगै पक्राउ पर्नेमा उनकै साईला दाई बर्ष ४२ को देव बहादुर राई, भदै बर्ष २२ को सन्जिब राई र कान्छि भाउजु बर्ष ३० को बबिता राई रहेका छन् । उनिहरुलाई शुक्रवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नबराज भट्टले बताए ।

एसपी भट्टका अनुसार उनिहरुले गत जेठ ३१ गने सामन्य विवादमा ६५ वर्षीया छिमेकी जयरानी राईलाई निर्घाट हुनेगरि कुट्पिट गरेका थिए । कुट्पिट भएको १४ दिनपछि पीडित जयरानी राईको मृत्यु भएपछि उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एकल महिलासमेत रहेको मृतक राईलाई कोही नभएको मौका पारेर कुट्पिट गरिएको स्थानीयहरु बताउछन् ।

स्थानीयहरुका अनुसार मृतक राईको छोरा बैदेशिक रोजगारीका लागि कुबेदमा रहेका छन् । एक्लै गाउँमा बस्दै आएका मृतक राईलाई बारम्बार उनिहरुले बिभिन्न बहानामा कुट्पिट गर्दै आएको स्थानीय तारा राईले बताए । अहिले मृतक राईको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ भने पक्राउ परेको चारै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *