गाईघाटबाट होटल सञ्चालक सहित तिन यौनधन्दामा संलग्न पक्राउ

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको एक होटलबाट होटल सञ्चालक सहित तिन यौनधन्दामा संलग्न व्याक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सेतोपुल स्थित हाम्रो होटल एण्ड लज सञ्चालक बर्ष ६२ को गाबिन्द प्रसाद श्रेष्ठ र सप्तरी घर भएका बर्ष ४२ को इनामुल हक सहित दुई महिला रहेका छन् । उनिहरुलाई शुक्रवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोप्य सुचनाको अधारमा उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका मध्ये इनामुल हक नियमित ग्राहक भएको बुझिएको छ । महिलाहरु भने ग्राहक भएको समय कन्ट्याकमा आउने प्रहरी अनुसन्धानबाट खुलेको छ । उनिहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ परेका उनिहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

यौनधन्दा गतिबिधिमा संलग्न ब्याक्तिलाई पक्राउ गरिएको होटलः–


भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *