बाढीले बालुवामा परिनत गरेको जमिनमा तरकारी खेति (भिडियो सहित)

उदयपुर ।  बर्षेनी खोलाको बाढीले खेतियोग्य जमिन बालुवामा परिनत गरेपछि निरास हुने उदयपुरका स्थानीयहरु अहिले बगरे खेतिमा व्यस्त देखिने गरेका छन् । व्यस्त हुनेमा जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुर नयाँ बस्तिका स्थानीयहरु रहेको छ । उनिहरुले बगरे खतिमा दर्जन भन्दा बढी जातको तरकारी खेति लगाएको स्थानीय महिला कृषक गोरिदेबी चौधरी बताउछिन् । चौधरीका अनुसार स्थानीय बबिया खोलाको बाढीले बर्षेनी खेतियोग्य जमिनको बालि पूर्णरुपमा क्षेति पु¥याउदै आएको छ ।

“खोलाले क्षेति पु¥याएपछि पुरै गाउँ निरास हुने गर्थे” स्थानीय महिला कृषक चौधरी भन्छिन् “स्थानीय सरकारको सहयोगले नयाँ बस्तिबासीको भाग्य चम्कियो” । सो खेतिका लागि त्रियुगा नगरपालिका गाईघाटको आर्थिक तथा प्राबिधिक सहयोग रहेको स्थानीयहरु बताउछन् । उनिहरुका अनुसार सो तरकारी खेतिबाट सोचेभन्द राम्रो आमदानी हुने गरेको छ । “परम्परागत रुपले खेति गर्दै आएका थियौं” अर्का स्थानीय महिला कृषक बेला चौधरी भन्छिन् “पहिलाको खेति भन्दा पनि तरकारी खेतिबाट प¥याप्त मात्रामा सन्तुष्टि पाईयो” ।

बगरे खेतिबाट सन्तुष्टि पाएपछि पछिलो समय बिभिन्न प्रबिधिद्धारा बेमौसमी तरकारी खेतिसमेत लगाउने तयारी भईरहेको त्रियुगा नगरपालिका वडा–२ का वडा सदस्यसमेत रहेका श्याम नारायन चौधरी बताउछन् । “बिक्रिका लागि सदरमुकाम गाईघाट पुग्ने कृषकहरु” वडा सदस्य चौधरीले भने “बिकलपको रुपमा रहेको तरकारी खेति फस्टाएसँगै कृषकहरुको हातमा राम्रो रकम हात पर्ने गरेको छ । खोला कटानले बालुवामा परिनत गरेको जग्गामा उत्पादन हुन सक्ने अन्य बिकल्पको खेति पहिचान गरे भोकभोकै भौतारिनु नपर्ने स्थानीयहरुको भनाई छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *