अपाङ्ग बिकास संघले बुझायो ज्ञापनपत्र

उदयपुर । जिल्लामा रहेको अपाङ्गता भएका व्याक्तिहरुको सवाललाई लिएर अपाङ्ग बिकास संघ उदयपुरले शुक्रबार आफ्ना ज्ञापनपत्र बुझाएको छ । उनिहरुले आफ्नो अभियानलाई निरन्तरता दिने क्रममा जिल्लाको कटारी नगरपालिकामा सो ज्ञापनपत्र बुभाएको हो । अभियान अन्तरगत १७ बुँदे मागपत्रसहित ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष चन्द्र राईले जानकारी दिए । अध्यक्ष राईका अुनसार अपाङ्गता भएका व्याक्तिहरुको हक हित, अधिकार र उत्थानको निम्ति दवाव दिने उदेश्य लिएर उक्त ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा स्थानीय सरकारले कानुन निर्माणगर्दा बिकासको मुलधारबाट बन्चितिकरणमा परेको अपाङ्ग समुदायको समाबेशी सहभागित गर्नु पर्ने, राष्ट्रिय अन्तराष्ट्रिय कानुनहरुको प्रभाबकारी कार्यनयन गर्नु पर्ने लगायतका मागहरु उल्लेख गरिएको छ । त्यसैगरी ज्ञापनपत्र बुझ्दै कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले अपाङ्गता सवालको कुनै पनि मुद्दा ओझेलमा पर्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले ज्ञापनपत्रमा उठेका अपाङ्गता सवालहरुलाई नगरपालिकामा हुने हरेक छलफलमा समेत समाबेश गरिने जानकारी दिए । संघले केही दिन अघिबाट जिल्लामा रहेको ८ वटै स्थानीय तहमा आफ्ना ज्ञापनपत्र बुझाउने कार्यक्रम राख्दै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *