त्रियुगाको साउनेमा ‘गाउँघर घुम्ति सेवा’

उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा ‘गाउँघर घुम्ति सेवा’ सञ्चालन हुदै आएको छ । वडाको रहेको बस्तिहरुमा कार्यालयबाट हुने सम्पूर्ण सेवा सहज रुपमा पु¥याउने उद्देश्यका साथ वडा कार्यालय साउनेको आयोजनामा सो घुम्ति सेवा सञ्चालन हुदै आएको हो । घुम्ति सेवामा वडा कार्यालयबाट सम्पन्न हुने सम्पूर्ण सेवा, स्वास्थ्य शिबिर, पशु सेवा र कृषि लगायतका सेवाहरु दिइदै आएको छ । वडामा पाउने सेवाहरुबाट पञ्चित वडाका नागरिकहरुलाई सहजताका लागि मध्ये नजर गर्दै घुम्ति सेवा सञ्चालन गर्नु परेको वडाअध्यक्ष कुरुङ राईले बताएका छन् ।

वडाअध्यक्ष राईका अनुसार वडा कार्यालयबाट हुने जन्म दर्ता, मृत्यु दर्ता, बिहे दर्ता, नागरिकताको सिफारिस र मालपोत कर समन्धिको कामहरु घुम्ति सेवा हुने गरेको छ । यसैगरि घुम्ति सेवामा कृषिबाट उपलब्ध हुने तरकारीको बिउ वितरण र पशु समन्धिको सम्पूर्ण सेवाहरु उपलब्ध गराईएको छ । अहिलेसम्म करिब एक हजर भन्दा बढी स्थानीयहरुले सेवा पाईसकेको वडा सचिब रित कुमार राउतले बताए । वडा सचिब राउतका अनुसार केही समयदेखि सुरु भएको घुम्ति सेवा वडाको आधा दर्जन बस्तिहरुमा सञ्चालन भईसेको छ । उक्त सेवा निरन्तर सञ्चालन हुने वडा कार्यालय साउनेले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *