उदयपुरमा ठूलो परिणाम लागुऔषध वरामद

उदयपुर ।  उदयपुर प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लालपत्ताले नियमित चेक जाँच गर्ने क्रममा ५ सय ८८ एम्पुल लागुऔषधसहित एक जनालाई मंगलबार राती पक्राउ गरेको हो । जिल्ला प्रहरीको कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि वरामद लागुऔषध र नगरपालिका १६ बस्ने मिलन राईलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी नवराज भट्टले पक्राउ पर्ने मिलन राईको डाईजोल्याप १ सय ९६ एम्पुल, फेनारगन १ सय ९६ एम्पुल, लुपिकजेशिक १ सय ९६ एम्पुल र सिरिन्च २३ बरामद भएको जानकारी दिए ।

पैदल मार्गबाट हिडेको अवस्थामा चेक जाँचगर्दा झोला प्mयाँकी मिलनसँगै रहेका निर्जन खड्का र त्रिनपा १२ का १४ बर्षिय पुष्प पारस राई फरार भएका थिए । दुई मध्इे पुष्पलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको र निर्जनको खोजी कार्य जारी रहेको एसपी भट्टले जानकारी दिए । राईको साथबाट फेरागन ५, जुपिजेसिक ५, हाईजेलाव ५, सिरिन्ज एक थान वरामद भएको भट्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय उदयपुरले आर्थिक वर्ष ०७४÷०७५ को गएको साउन १ गतेदेखि हालम्मस लागुऔषध सहित १ सय ५३ जनालाई पक्राउ गरिसकेको छ ।

जसमा ८८ वटा मुद्धा अदालतमा दर्ता गरेको छ । १ सय १८ जनलाई धरौटीमा छाडेको समेत पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
उनका अनुसार २ जना फरार छन भने १९ जना पुर्पक्षको लागि थुनामा राखिएको छ । प्रहरीको तथ्यनङकअनुसार हालसम्म बरामद भएको लागुऔषध फेरागन ५ सय ९५, लुपिजेसिक २ सय ९०, डाइजेलाव ५ सय ९४, नुरफिन २ सय ९९, नाइटोशन ५ सय ३६, गाँजा ५ केही २ सय ७० ग्राम, स्पास्मोपोक्सिनवान १ सय २८ र एक कठ्ठा जगगामा लगाइएको आफिम खेती नष्ट गरिएको जानकारी दिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *