




गजेन्द्र राई
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका र चीनको जेङसी ग्रुप शान्दोङ बिच बिभिन्न क्षेत्रमा लगानी गर्न सोमवार हस्ताक्षर भएको छ । त्रियुगा नगरपालिका भित्र सौर्य उर्जा, स्वास्थ्य, कृषि, प्राविधिक शिक्षा, फर्निचर, खानी तथा उद्योग, पर्यटन बिकासको क्षेत्रमा लगानी गर्न १६ सय अरब लगानी गर्ने गरि हस्ताक्षर भएको हो । चिनियाँ कम्पनीले थ्री पिपि मोडलमा त्रियुगा नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक भएकाले एमओयुमा हस्ताक्षर भएको हो । चिनियाँ कम्पनी जेङसी ग्रुप सान्दोङका अध्यक्ष जिइ सियोङ र त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले हस्ताक्षर गरेका हुन् ।
पहिलो चरणमा सौर्य उर्जा र कृषिसँग सम्बन्धि काम तत्काल थाल्ने उल्लेख गरिएको छ । कम्पनीले पहिलो चरणमा १५ मेगावाटको सोलार हाइड्रो पावर स्थापना गरिने जानकारी दिएको छ । सो परियोजना अन्र्तगत १ सय मेगावाटको सोलार हाइड्रो पावर स्थापना गरिने उदेश्य रहेको छ । जसको लगानी करिब ३ खर्ब रुपैया रहेको अनुमान गरिएको छ । आवश्यक पर्ने सबै लगानी चिनिया कम्पनीले गर्ने जनाएको छ । त्रियुगा सभ्याताको बिकास तथा बरुवा बेलदोभान एकिकृत बिकास परियोजना थाल्न सम्झौता भएको हो ।
बरुवा र त्रियुगा नदिमा वर्षेनी आउने बाढीले खेतीयोग्य जमिन कटान गर्नुका साथै व्यापक जनधनको क्षति गर्दै आएको त्रियुगा नदीको दिगो र भरपर्दो व्यवस्थापन गर्न नगरपालिकाले त्रियुगा सभ्यताको बिकास तथा बरुवा बेलदोभान एकिकृत बिकास परियोजना नाम दिएर संचालन गर्न लागेको हो । नदी व्यवस्थित गरेर स्थानीयबासीको हित अनुकुल बनाउँदै बहु उपयोगी साबित गराउन केन्द्रित भएर यसमा सरोकारवाला र स्थानीयबासीको प्रत्येक्ष सहभागितामा परियोजना सञ्चालन गर्न लागेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिए ।
स्थानीयबासीको प्रत्येक्ष संलग्नतामा नदीको संरक्षण, कटान रोकथाम, उपयोगिता र यसको सभ्यताबारे लामो बहसपछि परियोजना सञ्चालन गर्न लागेको हो । नदीको ऐतिहासिक पृष्ठभूमि र यसले गर्ने फाईदा र हानीको विषयमा स्वयं नगरबासीबाट सुझाव र धारणा संकलन गरेर गुरुयोजनाको कार्यान्वयन गराउन नगरपालिकाले वडा वडामा बहस गरि परियोजना थालिएको हो । सो एकिकृत बिकास परियोजना अन्र्तगत त्रियुगा नगरपालिका– ७ स्थित कालीखोला तोरीबारीदेखि बेलका नगरपालिका– २ स्थित सप्तकोशी दोभानसम्म करिब ४२ किलोमिटर लामो परियोजना सञ्चालन हुने छ ।
त्रियुगाको शीरदेखि तीर दोभानसम्म दुवैतर्फ जैविक प्रविधिको बाँध बाँध्दै सिंचाई, विद्युत र खानेपानी सुविधा जस्ता बहुउपयोगी उपलब्धी हासिल गर्न गुरुयोजना बनाएर काम थालिएको मेयर चौधरीले जानकारी दिए । त्रियुगा नगरपालिका– ७ को कालीखोला तोरीबारीदेखि बेलका नगरपालिका– २ सप्तकोशी सम्म ४२ किलोमिटर दूरीमा दायाँबायाँ बाँध बाँधेर चुरेबाट आउने खहरे नियन्त्रण गरि त्यसको पानी संकलन गर्ने इस्टीमेट पनि गुरुयोजनामा समेटिएको स्पष्ट पारेको छ ।
सो दूरीभित्र बाँधसँगै किनारै किनार सडक बनाउने, सो दूरीभित्र २७ वटा पुल बनाउने उदेश्य गुरुयोजना भित्र समेटिएको जानकारी मेयर चौधरीले दिए । नदीले वर्षेनी बालुवा ल्याएर थुपार्ने गरेका कारण उजाड देखिएको बगर व्यस्थापन गर्न सके कम्तीमा २ हजार २ सयदेखि बढीमा १० हजार हेक्टरसम्म नदी उकासबाट खाली जमिन निस्कने मेयर चौधरीको अनुमान रहेको छ । यसो गर्दा नदी व्यवस्थित हुनुका साथै दिगो रुपमा फाईदा लिन सकिने र नियन्त्रण हुने हुँदा हानी कसैलाई नहुने गुरुयोजनाले निर्दिष्ट गरेको छ ।
नदी उकासबाट निस्कनो जग्गाको भूउपयोग गर्दै त्रियुगा तटलाई कृषि, पर्यटन, आवास र विमानस्थल बनाउन प्रयोग गर्ने योजना पनि अघि बढाइने तयारी भई रहेको जानकारी दिए । अनमोल मल्टी पप्रोज कम्पनी जोइन्ट भेन्चरको माध्यमद्धारा बिकास गर्न खोजिएको हो । त्रियुगा नगरपालिका ( स्थानीय सरकार ) ले थ्री पिपिको मोडलमा बिकास गर्न लागेको हो । जसमा स्थानीय सरकार ( त्रियुगा नगरपालिका) स्थानीय जनता र कम्पनी बिचको साँझेदारीमा काम गर्न लागेको हो ।
छिमेकी राष्ट्र चीनको प्राईभेट कम्पनीका जेङसी ग्रुप शान्दोङको टोली आईतवार नेपाली सेनाको सहित दुई वटा हेलिकपटरबाट जेङसी ग्रुप शान्दोङका अध्यक्ष जिइ सियोङको नेतृत्वमा आएको २७ सदस्यीय जेन्चु गु्रपको चिनिया टोलीले प्रथम चरणमा सौर्य उर्जा, कुषि, सिचाई र काष्ठ उद्योगहरुमा लगानी गर्न गाईघाट आएका हुन् । बैकल्पिक सौर्य उर्जालाई प्राथमिकता दिने भन्ने नेपाल सरकारको नीति अनुसार आप्mनो पहलमा बैदेशिक लगानी भित्राएर यस क्षेत्रको विकासमा अग्रगामी फड्को मार्न सकिने भन्दै मेयर चौधरीले संघीय सरकार, प्रदेश सरकार र लगानी बोर्डको समन्वयमा काम अगाडी बढाईने तयारी भई रहेको स्पष्ट पारे ।