




गजेन्द्र राई
उदयपुर । शसस्त्र प्रहरी बल त्रियुगा गुल्म उदयपुरका एक सहायक हवल्दारले झुण्डिएर आत्माहत्या गरेका छन् । आत्माहत्या गर्नेमा सो गुल्ममा कार्यरत त्रियुगा नगरपालिका– ७ बस्ने बर्ष ३५ को नबराज अधिकारी रहेका छन् । उनि झुण्डिएको अवस्थामा आईतवार बिहान मृत फेला परेको त्रियुगा गुल्ममा निमित्त प्रमुख शसस्त्र प्रहरी निरीक्षक प्रेम कुमार राईले बताए । निरीक्षक राईका अनुसार उनले गुल्मको एक नम्बर ब्यारेक नजिक रहेको खालि डिउटी पोष्टमा झुण्डिएर आत्माहत्या गरेका थिए ।
अधिकारीले आत्माहत्या गरेको स्थालमा एक सुसाईट पत्रसमेत फेला परेको छ । उक्त पत्र आत्माहत्या गर्नुअघि अधिकारीले लेखेकोे अनुमान गरिएको छ । पत्रमा ‘धेरै एपीएफ अथात शसस्त्र प्रहरीमा हल्ला नगर्नु होला, कृपया मलाई फेसबुकमा नलगाई दिनुहोल, सर्बप्रथम मेरा धर्मपत्निलाई सुरक्षित गरेर मात्र थाहा दिनुहोला, मेरो नाबालक छोराछारीलाई पाउने रकम सहयोग गरिदिनुहोला’ जस्ता उल्लेख छ । उनले आफुलाई पत्रमा ‘उहि पापी म’ भनेका छन् । पत्रमै ‘मेरो हल्का मानसिक सन्तुलन मर्नै पाय हुन्थ्यो भन्ने मात्र हुन्छ, त्यहि भएर’ समेत लेखिएको छ । अहिलेसम्म उनको मृत्यु हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।