खेल विज्ञान सम्बन्धि पत्रकारलाई अनुशिक्षण

उदयपुर ।  राष्ट्रिय खेलकुद परिषद् मातहतमा रहेको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले शुक्रबार उदयपुरका पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । परम्परागत शैलीबाट सञ्चालन हुँदै आएका खेलकुद क्षेत्रलाई वैज्ञानिक तवरबाट अगाडी बढाउने उदेश्यका साथ स्थापना गरिएको प्रतिष्ठानले आफुले सञ्चालन गर्ने कार्यक्रमका बारेमा जिल्लाका पत्रकारहरुलाई जानकारी दिएको हो । पुरातन शैलीबाट सञ्चालन भएका खेलकुद कार्यक्रमहरु प्रभावकारी बन्न नसकको निष्कर्षका साथ परिषद्ले खेलकुद क्षेत्रलाई बैज्ञानिक बनाउन प्रतिष्ठान स्थापना गरेको प्रतिष्ठानका उपनिर्देशक तथा नायव वरिष्ठ कराते प्रशिक्षक महेन्द्रकुमार राईले बताए ।

उनले प्रतिष्ठानले त्रिभुवन विश्व विद्यालयसँग समन्वय गरी खेल विज्ञान अध्ययन सबन्धि २ बर्षे स्नाकोत्तर कक्षा सञ्चालन गरेको जानकारी दिए । त्यसैगरी निकट भविश्यमै ७ वटै प्रदेशका क्याम्पसहरुमा यो बिषय अध्ययन गर्न पाउने गरी कक्षा सञ्चालनको परामर्श सुरु गरिएको बताए । यो कोर्षमा विशेषगरी खेल विज्ञानको माध्यमबाट खेलाडी छनौट, खेलाडी व्यवस्थापन, खेलाडीको डाईट, कसरी खेल्ने, कतिबेला र कस्तो अबश्थामा खेल्ने लगायतका बिषयबस्तु सिकाईने उनले बताए ।

खेल विज्ञानलाई प्रयोगमा ल्याउन सके अन्तराष्ट्रिय खेलहरुको उपाधि जित्न समस्या नहुने प्रतिष्ठानको दावि छ । खेलाडीलाई व्यवसायिक बनाउन नसक्नु, उनीहरुको दिगोपनाका लागि राज्यको लगानीन्युनहुन्, वैज्ञानिक पद्धतीको शिप नसिकाईनु, भौतिक निर्माण नहुन, पुरातन शैलीका खेल र अभ्यासहरु गराउनु जस्ता समस्याकै कारण खेल क्षेत्रले प्रगतिगर्न नसक्नु प्रतिष्ठानले प्रकाशन गरेको ‘सान स्मारिका’ मानिष्कर्ष निकालिएको छ ।

स्मारिकमा प्रतिष्ठान स्थापना, अवधारणा र विकास, राखेपकाको प्रशासनिक संरचना र व्यवस्थापन, खेलकुद प्रशिक्षण र शिक्षा, नेपाली खेलकुद सानको भूमिका, खेल खेलाडी र पोषणको व्यवस्थापनका बिषयमा समेटिएका छन् । त्यसैगरी डोपिङ इन स्पोर्टस, खेल र खेलाडीको भविष्य, नेपालमा वोसिया खेलको अबश्था, खेलकुद व्यवस्थापन विगत र वर्तमान, खेलकुदमा मनोविज्ञानका प्रमुख सिद्धान्त लगायतका बिषय बस्तु समेटिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *