एमाले–माओवादी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा

काठमाडौं– एमाले–माओवादी पार्टीबीच एकता भएको छ । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गरिएको हो । एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।  त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ । पार्टी एकता घोषणाका लागि बुधबार बिहानैबाट दुवै दलले तीव्र गृहकार्य गरेका थिए ।

‘नेपाल कम्युनिष्ट पार्टी’ ले माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भएपछि पार्टी एकता घोषणा गरिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *