आत्माघाती गोलको कारण मनाङमस्र्याङ्दी फाईनलमा

उदयपुर । मनाङमस्र्याङ्दी क्लब उदयपुरमा जारी पाँचौ रमपम उदयपुर गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । बिहिवार सम्पन्न खेलमा ३–२ गोल अन्तरले सुनसरीलाई हराउँदै मनाङमस्र्याङ्दी गोल्डकपको फाईनलमा प्रवेश गरेको हो । खेल शुरुवातीको १० औं मिनेटमा सुनसरीको रमेश राजवंशीले आत्माघाती गोल गर्दा मनाङमस्र्याङ्दी फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ खेलको २३ औं मिनेटमा मनाङमस्र्याङ्दीका भिक्टरले १ गोल थप गर्दै खेल २–० को अग्रतामा रहयो ।

खेलको २७ औं मिनेटमा मनाङमस्र्याङ्दीको डिबक्स भित्र हेण्ड भएको थियो । सोही हेण्डलाई सदुपयोग गर्दै सुनसरीका निशाल लिम्बुले पेनाल्टी सुटआउटमा १ गोल गर्दै खेल २–१ को अन्तरमा ल्याई पुर्याए । यस्तै खेलको दोस्रो हाफका १९ औं मिनेटमा सुनसरीका सौजन आख्याले १ गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याई पुर्याए । सुनसरीको खेलाडीको खेल आक्रमक भएपनि खेलको ३० औ मिनेटमा मनाङमस्र्याङ्दीको तर्फबाट विमल रानाले १ गोल गर्दै खेल ३–२ को अन्तरमा मनाङमस्र्याङ्दी विजय भएका हुन् ।

सुनसरीले पाँच वटा गोल गर्ने चान्स गुमाएपछि फाइनलको यात्रालाई बिट मार्न पुगे । शनिबार हुने अन्तिम फाईनल खेलमा मनाङमस्र्याङ्दीसँग थ्रीस्टार क्लबले पौंठेजोरी खेल्नेछ । सदरमुकाम त्रियुगा नगरपालिका १३ स्थित थरुहट–उदयपुर रंगशाखामा जारी प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः ५ लाख नगद र ट्रफि तथा ३ लाख पुरस्कार पाउने आयोजक समितिले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *