![](http://www.nigranipost.com/wp-content/uploads/2021/10/vBONE-CHAIR_ADD.gif)
![](http://www.nigranipost.com/wp-content/uploads/2021/03/korona-1.gif)
![](http://www.nigranipost.com/wp-content/uploads/2020/05/triyuga-Corona_add1.gif)
![](http://www.nigranipost.com/wp-content/uploads/2020/04/add-all.gif)
उदयपुर । रुस्लान थ्रीस्टार क्लब ललितपुरले उदयपुरमा सम्पन्न पाँचौ रमपम उदयपुर गोल्डकपको फाईनल खेलमा उपाधि चुम्न सफल भएको छ । शनिबार सम्पन्न पाँचौं उदयपुर गोल्डकप प्रतियोगितामा तनावपूर्ण खेलको सामना गर्दै पनि थ्रीस्टार उपाधि चुम्न सफल भएको छ । सदरमुकाम गाईघाटको थरुहट–उदयपुर रंगशालामा सम्पन्न फाईनल खेलमा मनाङ मस्र्याङ्दीलाई १–० को गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले उपाधि चुम्न सफल भएको हो । खेल सुरु भएको १८ औं मिनटमा क्लबको ४५ नम्बर जर्सीका अफ्रिकन खेलाडी अजय मार्टिनको १ गोलले थ्रीस्टार उपाधिको हकदार भएको हो ।
मध्यान्तरको आधाघण्टासम्म दुवैपक्षबाट गोल नभएप्छि बढेको दर्शकको हुटिङले उत्तेजित दुवैपक्षका खेलाडीबीच बिबाद समेत भएका थिए । बिवाद हुँदा एम्पाएर नविन महर्जन दुवैपक्षका १÷१ खेलाडीलाई रातो कार्ड देखाउनु परेको थियो । आप्mनो गोलपोष्ट अगाडि उभिएर बिबाद हेरिरहेका मनाङका ५ विमल बस्नेत थ्रीस्टारका मार्टिनको मुक्का प्रहारबाट लडेपछि पहिले बस्नेतलाई र त्यसपछि मार्टिनलाई एम्पाएरले रातो कार्ड देखाएका थिए । पहिलो चोटीको बिबादमा खासै ध्यान नदिएको प्रहरीले दोस्रोपटक हुटिङकै कारण खेलाडीबीच बिबाद चर्कदै हात हालाहाल भएको आधारमा दर्शकमाथि लाठी चार्ज भएपछि भागाभाग चल्दा एक दर्शक सामान्य घाईतेसमेत भएको आयोजकले जनाएको छ ।
लाठी जार्चपछि पश्चिमतर्फ भिआईपी प्यारापिटअगाडि मैदानको बारमै आड लिएर बसेका दर्शकदीर्धामा भागाभाग समेत मच्चिएको थियो । प्रतियोगिताको विजेता टिम थ्रीस्टारलाई प्रमुख अतिथि प्रदेश सरकारका योजना तथा आर्थिक मामिलामन्त्री इन्द्र आङबोले नगद ५ लाख र ट्रफि प्रदान गरे । उपविजेता मनाङलाई प्रदेश सांसदद्वय नारायण बुर्जा र कला घले तथा मूल आयोजक अध्यक्ष किरण राईले ३ लाख नगद र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा थ्रीस्टारकै पिटर सेगुनले सर्वाेत्कृष्ट खेलाडीको उपाधि पाएसँगै उदयपुर गोल्डकपका संस्थापक महासचिव स्व. ज्ञानेन्द्र बान्तवाको परिवारद्वारा प्रायोजित ५० हजार नगदद्वारा पुरस्कृत भए ।
पाँचौं संस्करणको प्रतियोगितामा विधागततर्फको पुरस्कारमा पनि थ्रीस्टारले वर्चश्व गरेको छ । उत्कृष्ट गोलरक्षक एलन न्यौपाने, बेस्ट डिफेन्स विजय धिमाल, बेस्ट मिडफिल्डर दिपेक केसी, सर्वाधिक गोलकर्ता अजय मार्टिन र बेस्ट कोच मेघराज केसी घाषित भए । प्रत्येकले १० हजार नगद पुरस्कार पाएका उनीहरु सबै थ्रीस्टारका हुन् । प्रतियोगितामा वितरित ७ वटा बिधागत पुरस्कारध्ये फाईनलको म्यान अफ द म्याच र उदीयमान खेलाडीको उपाधि पाउने घरेलु टिम उदयपुर ११ का प्रज्वल चौधरीले पनि नगद १० हजार पाए । फाईनल खेलको म्यान अफ द म्याच घोषित मनाङका डोना थापाले ७ हजार नगद पाए । उदीयमान खेलाडी र म्यान अफ द म्याचबाहेक सबै विधागत पुरस्कार थ्रीस्टारको कब्जामा परेको छ ।