उदयपुरका एक लेखा अधिकृत भारतमा पक्राउ

उदयपुर ।  उदयपुर स्थित एक गाउँपालिकाका लेखाअधिकृत भारतमा पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको चिम्चुङबुङ गाँउपालिकाका लेखापाल दिपेश भण्डारी रहेका छन् । केहिदिन अघिबाट सम्पर्क बिहिन रहेको लेखापाल भण्डारी अचानक भारतमा पक्राउ परेको खबर आएको गाँउपालिकका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए । अधिकृत राईका अनुसार के कारणले पक्राउ परेको त्यसबारे बुझन सकिएको छैन् । अहिले भारत प्रहरीले पक्राउ गर्नुको बारणबारे बुझ्न जिल्ला प्रहरी कार्यालय उदयपुरमा सहयोगको लागि अनुरोेध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्रमुख डिएसपी मेघराज अधिकारीले जिल्ला प्रहरी कार्यालय झापा मार्फत भारतका प्रहरी अधिकृतहरुसँग पक्राउबारे बुझ्ने काम भइरहेको बताए । डिएसपी अधिकारीका अनुसार पक्राउ पर्नुको कारणबारे आईतवार वेलुकासम्म जानकारी आउने सम्भावना रहेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले अधिकृत भण्डारी पक्राउ पर्नुको कारण लागुऔषध रहेको अपुष्ट जानकारी आएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी कार्कीका अनुसार नेपालबाट लागुऔषध लिएर भारत जानेक्रममा उनलाई प्रहरीले पक्राउ गरेको अनुमान गरिएको छ । पक्राउ परेका लेखाअधिकृत भण्डारी जिल्लाको त्रियुगा नगरपालिका–नौ रातमाटेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *