




उदयपुर । राई पत्रकारहरुको साँझा संस्था ‘किराँत राई पत्रकार संघ’ जिल्ला कार्यसमिति उदयपुरको नयाँ नेतृत्वमा टम्पशेर राई चयन भएका छन् । जिल्लाको सदरमुकाम गाईघाटमा शनिबार सम्पन्न संघको चौंथा जिल्ला सम्मेलनबाट राई चयन भएका हुन् ।
सम्मेलनले राईको नेतृत्वमा नौं सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षमा रामबाबु राई, सचिवमा बिक्रम राई, सहसचिवमा मिनाकुमारी राई (रञ्जु) र कोषाध्यक्षमा चन्द्रकुमार राई रहेका छन् । त्यसैगरि सदस्यहरुमा विबेक राई, अनिशा राई, अबिषेक राई र बिजय राई रहेका छन् ।
नेतृत्व पाएसंगै अध्यक्ष राईले जिल्लाभरीका राई पत्रकारहरुको सुझाब लिएर पत्रकारीता क्षेत्रमा आउन खोज्ने अन्य पत्रकारहरुलाई उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । अधिबेशनले चार सदस्यीय केन्द्रिय प्रतिनिधिसमेत सर्वसहम रुपमा चयन गरिएको निर्वाचन मण्डलका संयोजक तथा केन्द्रिय प्रतिनिधि गजेन्द्र राईले बताए । प्रतिनिधि राईका अनुसार केन्द्रिय प्रतिनिधिमा देबराज राई, शुपराज राई, दिनेश राई र गंगा राई रहेका छन् ।
कार्यक्रममा शाखामा ठूलो योगदान पुर्याएको भन्दै उदयपुरका दुई पूर्व अध्यक्षहरु उजुर राई र दिनेश राईलाई सम्मानसमेत गरिएको थियो । उनिहरुलाई सम्मान–पत्र र दोसलाले सम्मान गरिएको निवर्तमान अध्यक्ष गंगा राईले बताईन् । किरात राई यायोक्खाका केन्द्रिय उपाध्यक्ष ज्ञानबहादुर राईको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा किराप संघका केन्द्रिय उपाध्यक्ष भोटराज राई, सचिब गजेन्द्र राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, पूर्व अध्यक्ष ईश्वर तामाङ र पूर्व उपाध्यक्ष हरिकुमार राई लगायतका पत्रकारहरुको उपस्थिति रहेका थिए ।