




गजेन्द्र राई
उदयपुर । उदयपुरको उदयपुरगडी गाउँपालिका–६ नेपालटार बजारमा शानिवार राति ११ बजे आगो लागि हुदा एक दर्जन घरहरु जलेर नष्ट भएको छ । स्थानीय नारायण तामाङको घरबाट अचानक लागेको आगो छिमेकीहरुको घरमा सल्कदा सो घरहरु जलेर नष्ट भएको हो । आगो लागिमा परि तामाङको ७० बर्षीया आमा बाठिमाया तामाङ बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयले जनाएअनुसार आगो लागिबाट अनुमानित छ करोड भन्दा बढी क्षेति भएको छ ।
आगो लागिमा तामाङको दुई तले दुईवटा घर, छमेकीहरु टंक श्रेष्ठका दुई तले घर, भरत कार्कीको एक तले घर, बिर बहादुर तामाङको दुई तले घर र तिल कुमारी दाहालको दुई तले घर पूर्णरुपमा जलेर नष्ट भएको । त्यसैगरि छिमेकीहरु निर्मला बि.क.को दुई तले घर, नभराज कार्कीको एक तले घर, टिकामान तामाङको दुई तले घर, रमेश खतिवडाको एक तले घर र नाम नखुलेको स्थानीयहरुको एक तले घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको ।
स्थानीय मंगल राईका अनुसार प्राय सबै घरहरु काठ, ईट्टा, जस्ता र टायलले निर्माण गरिएको थियो । आगो लागि हुदा घरभित्र रहेको सम्पूर्ण अन्नपात, भाँडावर्तन लगायत सामाग्रिहरु पुर्ण रुपमा जलेर नष्ट भएको ।
आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियहरुको सहयोगमा रातिनै नियन्त्रणमा लिएको छ । लागो नियन्त्रणको लागि जिल्लाको त्रियुगा नगरपालिका र कटारी नगरपालिकाको दुईवटा दमकल पुगेको थियो ।