गजेन्द्र राई
उदयपुर । केहि समयदेखि सञ्चालनमा आएको उदयपुरको एक क्रसर उद्योगमा आईतवार वेवारिसे सुतली बम फेला परेको छ । जिल्लाको त्रियुगा नगरपालिका–७ चुहाडे स्थित जेट.आई.सी. शर्मा लामा जे.भी. क्रसर उद्योगमा सो बाम फेला परेको हो । वेवारिसे बम फेला परेको जानकारी हुन साथ ईलाका प्रहरी कार्यालय जलजलेले घटनास्थल सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अहिले उक्त बमलाई निस्कृय पार्न नेपाली सेनाको रण सार्दुल गण बोक्सेबाट एक टोली खटिएको छ । सो उद्योग चतरा–गाईघाट–नेपालटार हुदै बर्दिबाससम्मको बैकल्पिक राजमार्ग निर्माणमा प्रयोग गर्न सञ्चालनमा ल्याएको थियो । उक्त उद्योगबाट उत्पादित क्रसरहरु अन्यन्त्र पनि जाने गरेको भन्दै स्थानीयहरुले आलोचना गर्दै आएका छन् ।
Facebook Comments