बजार सफाइमा बिद्यार्थी संगठनहरुको चासो

उदयपुर । फोहोरमैलाको उचित व्यवस्थापनको अभावमा सदरमुकाम गाईघाट बजार कुरुप बन्दै गएपछि नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियु उदयपुरले शनीबार बजार सरसफाइ गरेको छ । सरसफाइका लागि नगरपालिकालाई नियमित चासो दिन दवावस्वरुप संगठनले बजार सरसफाइ गरेको हो । गाईघाट बजारको लोकतान्त्रिकचौकबाट सुरू गरिएको सरसफाइ हिमालिटोल, बैक लाईन लगायतको स्थानमा सम्पन्न गरी टुगिंएको अनेरास्ववियु उदयपुरका अध्यक्ष सरोज अधिकारीले जानकारी दिए ।

‘आफ्नो घर आगन आफै सफा राखौँ, हाम्रो नगरी सुन्दर बनाउ’ भन्ने मुलनाराका साथ अनेरास्ववियुले बजार सरसफाई गरेको हो । युवा तथा बिद्यार्थीहरू समाज रूमान्तरणमा अग्रसर रहेको भन्दै समाज परिवर्तन अब आफ्नै घर आगन तथा टोलबाट सुरू गरौ भन्ने सन्देशमुलक व्यानर राखी संगठनले अभियान सुरु गरेको सचिब भुवन दाहालले बताए ।

उनले यो अभियानलाई साप्ताहिकरुपमा निरन्तरता दिने जानकारी दिए । प्रदेन न १ का सांसद तथा नेकपा एमाले उदयपुरका उपाध्यक्ष बिमल कार्कीको प्रमुख आतिथ्यतामा भएको सरसफाइ कार्यक्रममा एमाले सचिव परमेश्वर घिमीरे गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य श्रृजना दनुवार, जिल्ला अध्यक्ष महेश्वरी राई लगायतको बिद्यार्थी नेता तथा कार्यकर्ता, प्रहरीको सहभागिता रहेको थियो ।

त्यसैगरि केहिदिन अधि संघीय समाजवादी फोरम नेपाल निकट बिद्यार्थी संगठन समाजवादी बिद्यार्थी फोरम नेपाल उदयपुरले जेब्रा क्रस निर्माण गरेको थियो । जिल्ला अध्यक्ष अञ्जिल राईका अनुसार जेब्रा क्रस सदरमुकाम गाईघाटको मेन चोकमा निर्माण गरिएको थियो । निर्माणको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको समेत सहभागिता रहेको थियो । सो निर्माण स्थलमा जिल्ला अध्यक्ष सिद्धान्त राई लगायत जिल्ला स्तरीय नेताकर्ताहरुको बाकुलो उपस्थिति समेत रहेको थियो ।

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *