बुहारी बलात्कार आरोपमा मामा ससुरा पक्राउ

गजेन्द्र राई
उदयपुर । बहारी बलात्कार गरेको आरोपमा उदयपुरमा एक मामा ससुरालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–१४ साउने बरगाछी स्थित सिरुडाँडाका स्थानीय शिब राई रहेको छ । राईलाई पीडितले प्रहरीमा दिएको उजुरीको अधारमा बिहिवार त्रियुगा–११ चप्पन जङ्गलबाट पक्राउ गरिएको हो । उजुरी परेसँगै घटनापछि फरार रहेका राईको प्रहरीले तीब्र खोजि कार्य बढाई रहेको थियो ।

राईले नातामा भान्जी बुहारी पर्ने एक स्थिानीय महिलालाई जबरजस्ती करणी गरेको प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ । प्रहरी चौकी साउनेमा दिईएको उजुरी अनुसार गत २८ गते राती करिब १ बजे घरको ढोका फोरेर जबरजस्ती बलात्कार गरेको पिडितको आरोप छ । प्रहरीमा उजुरी परेपछि पनि घटनालाई गाउँमै मिलाउने प्रयास भईरहेको बुझिएको छ ।

यसबारे वडाध्यक्ष कुरुङ राईले आफुलाई औपचारिक जानकारी नआएको बताएका छन् । वडाध्यक्ष राईले त्यस घटनालाई गम्भिरता पुर्वक सत्य–तथ्य बुझेर कानूनी कारवाहीमा अगाडी बढाइने बताए । पीडित महिला श्रीमान बैदेशिक रोजगारमा गएपछि दुई नाबालक सन्तानसँग घरमा बस्दै आएकी थिईन भने आरोपित राई ट्याक्टर व्यवसायी हुन् ।

amita-rai-vauju

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *