दबाब स्वरुप ‘किरात प्रदेश’ नामाङकरणको लागि उदयपुरमा हस्ताक्षर सङ्कलन तीब्र (फोटो फिचर सहित)

गजेन्द्र राई
उदयपुर । प्रदेश नम्बर एकलाई ‘किरात प्रदेश’ नामाङकरणका लागि दबाब स्वरुप उदयपुरमा हस्ताक्षर सङ्कलन अभियानलाई तीब्र पारिएको छ । केही दिनअघि जिल्लाको बेल्टारबाट सुरु गरिएको हस्ताक्षर अभियानलाई अहिले सदरमुकाम गाईघाटमा तीब्र पारिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति उदयपुरको अगुवाईमा भईरहेको अभियानमा करिब २६ हजारले हस्ताक्षर गरिसकेको यायोक्खाका जिल्ला अध्यक्ष बिमल किराती बताएका छन् ।

अध्यक्ष किरातीका अनुसार अभियानमा ठूलो संख्याले स्वस्फूर्त हस्ताक्षर गर्दै आएका छन् । अहिले गाईघाटको पीपलचोकमा अभियान सञ्चालन भईरहेको छ । अभियान जिल्लाको मुख्य व्यापारिक केन्द्रहरु र जिल्लामा रहेको नगरपालिका र गाउँपालिकाहरुमा पनि चलाईने अध्यक्ष किरातीले बताए ।

अभियान सकिए लगत्तै किरात राई यायोक्खा केन्द्रीय कार्य समितिले प्रदेशभरि सङ्कलन गरिएको २५ लाख हस्ताक्षर र ज्ञापनपत्र प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई दबाब रुवरुप बुझाईने कार्यक्रम रहेको छ । लामो समयदेखि प्रदेश भित्र रहेका अन्य जिल्लाहरुमा पनि दबाब स्वरुप यस्तो हस्ताक्षर सङ्कलन अभियान सञ्चालन भईरहेको छ ।
1 2 3 4 5 6

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *