घर अगाडी फोहोर फाल्दा, घरको ढोका ढप्ढकाए

गजेन्द्र राई
उदयपुर । उदयपुरको निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्का नेतृत्वको एक बजार अनुगमन टोलिले घरको ढोका ढप्ढकाएसंगै स्थानीयहरुले गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता जनाउनेहरुमा जिल्लाको सदरमुकाम गाईघाट बजार स्थित पुरानो पेट्रोलपम्प लाईनका स्थानीयहरु रहेका छन् । बुधबार बिहान बजार अनुगमनमा निस्किएको टोलिले घर अगाडी फोहोर फाल्न नहुने भन्दै सम्झाएपछि पुनः फोहोर फालेर आगामी दिनमा गल्ती नदोहोर्याउने स्थानीयहरुले प्रतिबद्धता जनाएका हुन् ।

पक्कीघरको अगाडी असभ्यढंगले फोहोर फालिएको देखेपछि ढोका ढप्ढकाएका उनीहरुले केहीबेरपछि निस्किएका घरवेटीलाई राम्रो पक्कीघरलाई अगाडीको फोहोरले असोभनीय पारेको भन्दै सम्झाए यस्तो प्रतिबद्धता आएको हो । अनुगमनकै क्रममा त्यस्ता फोहोरले एउटा घरमात्र हैन सिंगो शहर नै असभ्य, दुर्गन्धित हुने भएकाले सबै नगरबासीले सरसफाईमा ध्यान दिन अनुरोधसमेत गरेका छन् । बजार अनुगमनका लागि निस्किएको उक्त टोलीले बजार अनुगमनभर सरसफाईप्रतिसमेत चासो दिदै अनुगमनको कार्य गरेका थिए ।

टोलीले विभिन्न खाद्यान्न किराना पसल, मासु पसल, डेरी लगायतमा अनुगमन गर्ने गरेका छन् । विषयगत कार्यालयहरु कृषि, पशु, जनस्वस्थ्य, प्रहरी, नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ लगायत सम्मिलित टोलीले अगुगमन गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी, नगरअधिकृत, सम्बन्धीत कार्यालय प्रमुखहरु, प्रहरी, पत्रकार, वाणिज्य संघका प्रतिनिधिहरुले किराना पसलहरुमा म्यान नाघेका उपभोग्य बस्तु, अद्याध र मिसावटको चेकजाँच गरी पसलेहरुलाई त्यस्ता वस्तु विक्रीवितरण नगर्न चेतावनी दिएका थिए ।

व्यवसाय दर्ता गरेरमात्र सञ्चालन गर्न सुझाउदै उनीहरुले आगामी दिनमा गल्ती फेला परेमा कानूनी कारवाही हुनेमा सचेत गराएका थिए । टोलिले बजारका ६ वटा मासु पसल, ३ वटा डेरी, ५ वटा होटल, १४ वटा किराना पसलमा अनुगमन गरिएको प्रशासन कार्यालय उदयपुरले जनाएको छ । अनुगमन टोलिमा प्रमुख जिल्ला अधिकारी खड्कासंगै त्रियुगा नगरपालिकाका प्रशासकीय अधिकृत तारानाथ लुईटेल, वडाध्यक्षहरु विश्वराज भट्टराई, प्रकाश खड्कासमेत रहेका थिए

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *