कानुन अभावमा उपभोक्ता अधिकारबाट वञ्चितः मेयर चौधरी

उदयपुर । ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सकृयता’ भन्ने मुलनाराकासाथ यस बर्षको विश्व उपभोक्ता अधिकार दिवस उदयपुरमा बिहीबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला प्रशासन कार्यालय र त्रियुगा नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिकाको सभाहलमा उपभोक्ताका अधिकारका सवालमा अन्तरक्रिया गरी दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले स्थानीय तहको कानुन निर्माण गरी उपभोक्ताका अधिकारलाई ग्यारेण्टी गरिने बताए ।

‘हामी यतिबेला कानुन निर्माणको चरणमा छौ,’ मेयर चौधरीले भने, ‘नेपालको संबिधानको कानुनलाई फलोअप गर्दै स्थानीय तहमा ससाना कानुन र नीति निर्माण तयार गरी सबैका हकअधिकार सुरक्षित गर्छौ ।’ उनले भने, ‘स्थानीय तहमा कानुन बनिनसक्दा जनता आधारभूत आबश्यकता र अधिकारबाट बञ्चित भएकाछन्, त्यस्ता समस्यालाई समाधान गर्न जनप्रतिनिधिको ध्यान यतिबेला केन्द्रित भईरहेको छ ।’ चौधरीले उपभोक्ता सेचत नबन्दा र जिम्वेवार निकायले शसक्त भूमिका निर्वाह गर्न नसक्दा उपभोक्ता मर्कामा परेकाले जीवनसँग जोडिएका सवाललाई सशक्त बनाई बताए ।

‘आर्थिक उपार्जन र व्यापारको नाममा उपभोक्ताको बाँच्न पाउने अधिकारसँग खेलवाड गर्ने अधिकार कसैसँग छैन्,’ उनले भने, ‘नीति निर्माण गरी प्रभावकारी अनुगमनबाट त्यस्ता व्यक्तिलाई कारवाही गर्छौ ।’ उनले नगरपालिकासँग जोडिएका २ सय ८६ वटा टोलविकास संस्थामार्फत यस्ता सचेतनामुलक कार्यक्रमलाई घरघरमा पुर्याईने बताए । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बनेका ऐन कार्यान्वयनमा सबैको साथसहयोग हुनु पर्ने बताए । उपभोक्ताका धेरै सवालहरु बनेका ऐनबाटै पुरा हुने भएकाले ऐन कार्यान्वयनमा सबैको भुमिका हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उपभोक्ता अधिकारका सवालमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेल, जिल्ला पशु्सेवा कार्यालयका वरिष्ठ पशुविकास अधिकृत डा. रामनारायण मण्डल र जिल्ला कृषि बिकास कार्यालयका बालि विकास अधिकृत रामसेवक ठाकुरले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *