नेता बस्नेतको निधन

फागुन ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एंव पूर्व राष्ट्रिय पंचायतका सदस्य चक्रबहादुर बस्नेतको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।मधुमेह र उच्च रक्तचापबाट पीडित बस्नेतको त्रियुगा नगरपालिका–१ बोक्सेस्थीत आफ्नै निवासमा निधन भएको हो ।

chakrabasnetजिल्ला पंचायतको सभापति हुँदै २०३८ सालमा उदयपुरबाट राष्ट्रिय पंचायत सदस्यमा निर्वाचित बस्नेत उदयपुरको इतिहासमा एक हस्ति मानिन्छन् । २०२८ सालमा जिल्ला पञ्चायतको सभापति हुँदा बस्नेतले जिल्लाको पश्चिमी गाबिस पञ्चावतिको उदयपुरगढीबाट जिल्ला सदरमुकाम गाईघाटमा सारेका थिए । मूलुकमा गणतन्त्र आएपछि उनी राजनीतिमा निस्कृय रहेपनि कमल थापा निकटका राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए ।

उनको शबलाई मंगलबार स्थानीय त्रियुगा नदीमा दाह संस्कार गरिएको छ । उनका तीन छोरा र तीन छोरी रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *