उदयपुर गोल्ड कप फाइनल : मोरङ ११ र रुपन्देही ११ भिड्ने

उदयपुर, ३ फागुन । थारुहट उदयपुर रंगशाला गाईघाटमा सन्चालन भएको गोल्डकपको मंगलबारको सेमी फाईनल खेलमा रुपन्देही ११ ले हिमालयन शेर्पालाई २ को विरुद्ध ३ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । झापा ११ लाई पराजित गरी सेमी फाईनल लेखेको रुपन्देही ११ ले र मोरङ ११ संग आगामी ५ गते फाईनल खेल्नेछ ।

खेलको २० औं मिनेटमा रुपन्देहीका जर्सी नम्बर १० का अमर डंगोलले पहिलो गोल गरेका थिए । ३७ औं मिनेटमा रुपन्देहीकै तर्फबाट जर्सी नम्बर १३ का दिपक राईले एक गोल थपेर टिमको २ गोल पुर्याएका थिए । खेलको ८३ औं मिनेटमा शेर्पाको तर्फबाट जर्सी नम्बर १० का विश्वास श्रेष्ठले १ गोल फर्काएका थिए । पाँच मिनेट थप गरिएकोमा ९१ औं मिनेटमा रुपन्देहीकै तर्फबाट जर्सी नम्बर १३ का दिपक राईले नै थप एक गोल गरे । त्यस लगत्तै ९२ औं मिनेटमा शेर्पाका जर्सी नम्बर ३ का विदेशी खेलाडी एलेक्सले १ गोल थपेका थिए । टिमका लागि निर्णायक गोल गर्न सफल रुपन्देहीका दिपक राई नै खेलको म्यान अफ दि म्याच घोषित भए ।

भोली खेलको सम्मानमा स्थानीय कर्मचारी र पत्रकारको विरुद्ध आयोजक र राजनीतिक दलबीच प्रतियोगिता हुने आयोजकले जनाएको छ । फागुन ५ गते मोरङ ११ र रुपन्देही ११ बीच फाईनल खेल हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *