उदयपुर गोल्ड कपकाे पाँचाैं दिन ‍: मोरङ ११ फाइनलमा प्रवेश

उदयपुर, २ फागुन । भर्खरै सिमारा गोल्डकपको उपाधि विजेता संकटा क्लव काठमाडौं चौथो रमपम उदयपुर गोल्डको सेमी फाईनलबाटै बाहिरिएको छ ।

थारुहट उदयपुर रंगशाला गाईघाटमा सन्चालन भएको गोल्डकपको सोमबारको पहिलो सेमी फाईनल खेलमा मोरङ ११ बाट सिएमसी संकटा काठमाडौं १ को विरुद्ध २ गोलले पराजित हुदै बाहिरिएको हो । संकटालाई पराजित गरेसंगै मोरङ ११ फाईनलमा प्रवेश गरेको छ । खेलको ६९ औं मिनेटमा मोरङका जर्सी नम्बर १० का भुवन बस्नेतले पहिलो गोल गरेका थिए ।

७३ औं मिनेटमा मोरङकै तर्फबाट जर्सी नम्बर १५ का मिक्चन तामाङले एक गोल थपेर टिमको २ गोल पुर्याएका थिए । खेलको ८३ औं मिनेटमा संकटाको जर्सी नम्बर ११ का सजिन थापाले १ गोल फर्काएका थिए । राम्रो खेल प्रदर्षन गरेका मोरङका जर्सी नम्बर १० का भुवन बस्नेत खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई आयोजकले पाँच हजार नगद सहित पुरस्कार प्रदान गर्यो ।

भोलीको अर्को सेमीफाईनल खेल रुपन्देही ११ र हिमालयन शेर्पा क्लव काठमाडौं बीच हुने आयोजकले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *