उदयपुर । किराँत राई विद्यार्थी संघ उदयपुरले प्रदेश नं. १ को नामाकरण किराँत प्रदेश हुनुपर्ने माग गरेको छ । फागुन १२ गते हुने किराँत राई विद्यार्थी संघको छैटौं जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा सुक्रबार गाईघाट चौकमा दिपावली गर्दै विद्यार्थीहरुले किराँत समुदायको सहअस्तित्व र जातीय सद्भाव र सम्मानका लागि यस्तो माग गरेको जनाएको छ ।
प्रदेश नं. १ को नामाकारणमा राजनीतिक दलहरु अड्किरहेको अवस्थामा किराँत राज्य नामाकरण गरेर ऐतिहासिक योगदानको कदर गर्न जोडदार माग गरेका छन् ।संघकी केन्द्रिय अध्यक्ष विर्सिका राईको प्रमुख आतिथ्यमा हुने जिल्ला सम्मेलनको भब्य तयारी रहेको पनि संघका जिल्ला सचिव तथा केन्द्रिय सदस्य देवराज राईले बताउनुभयो ।
Facebook Comments