किरावि संघ उदयपुरको नयाँ नेतृत्वमा इशाक राई

hattipaile-1 उदयपुर । राई विद्यार्थीहरुको साँझा संस्था ‘किराँत राई विद्यार्थी संघ’ जिल्ला कमिटी उदयपुरको नयाँ नेतृत्वमा इशाक राई चयन भएका छन् । “किराँत प्रदेश प्राप्तीको लागि हाम्रो अभियान, त्रिभाषिक शिक्षा नीतिको पक्षमा सातौं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ शनिबार सम्पन्न संघको सातौं जिल्ला सम्मेलनबाट राई चयन भएका हुन् । सम्मेलनले राईको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसमा उपाध्यक्षमा देविका राई, सचिव बिपन राई, सहसचिव प्रमिला राई र कोषाध्यक्षमा रोजिना राई रहेका छन् । त्यसैगरि सदस्यहरुमा निशा राई, हेमराज राई, ज्योती राई, निरुता राई, अम्बर राई, रेनुका राई, बिमला राई, दिपक राई, विक्रम राई, सिस्ता राई, कृष्ण राई, प्रेमकुमारी राई, आशिष राई, एन्जिल राई, सुनसेर राई, सुशन राई रहेका छन् । नेतृत्व पाएसंगै अध्यक्ष राईले जिल्लाभरीका विद्यार्थीहरुलाई समेट्दै राई विद्यार्थीहरुको शिक्षामा टेवा पुग्ने सिर्जनशिल काम र गतिविधिहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

संघका केन्द्रिय अध्यक्ष बिर्सिका राईको प्रमुख आतिथ्यमा भएको सम्मेलनले प्रदेश नं. एकको नामाकरण “किराँत प्रदेश” हुनुपर्ने माग राखेको थियो । किराँत भूमिको ऐतिहासिक महत्व र किराँत समुदायको अस्तित्वलाई राज्यले स्विकार र सम्मान गर्न यस्तो नामाकरण गर्नुपर्नेमा सम्मेलनले जोड दिएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा केन्द्रिय अध्यक्ष राईले ऐतिहासिक भुगोलको आधारमा पनि प्रदेश नं. १ लाई किराँत प्रदेश उपयुक्त रहने बताईन् । विशेष अतिथि एवम् किराँत राई यायोक्खाका केन्द्रिय उपाध्यक्ष गेन राई, केन्द्रिय सदस्य किरण राईले किराँत समुदायको सहअस्तित्व र समानताको निम्ति राज्यले विभेद गर्न नहुने बताए । कार्यक्रममा किराँत राई योयोक्खा उदयपुरका अध्यक्ष विमल किराती, नेपाल आदिबासी जनजाति महासंघ उदयपुरका अध्यक्ष केशव राई, समाजसेवी महेन्द्र राई, ज्ञानेन्द्र वान्तवा, पत्रकार भोटराज राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *