गजेन्द्र राई
उदयपुर । कार्यालय समयमा अस्पताल पुगेपनि जिल्ला अस्पताल उदयपुरले आफुहरुलाई उपचार सेवामा चासो नदिएको अपांगहरुले गुनासो गरेका छन् । वडाअध्यक्ष धनकुमार दनुवारका साथ बिहिवार जिल्ला अस्पताल पुगेका कटारी नगरपालिका–७ रिस्कुभित्र रहेका अपांगहरुले यस्तो गुनासो गरेका हुन् ।
परिचय–पत्रका लागि अनिवार्य अस्पतालको रिपोर्ट भएपछि अस्पताल पुगेका अपांग सेवाग्राहिहरुलाई उपचार सेवामा चासो नदिएको उनिहरुको भनाई छ । उनिहरुका अनुसार आफन्तहरुको सहयोगमा बिहानै टिकट काटेर समयमै अस्पताल पुगेपछि केहि सेवाग्राहिहरुलाई सेवा दिएर खाजा खानेसमय भन्दै डाक्टरहरु बाहिरिएका थिए ।
करिब दुई बजेदेखि पाँच बजेसम्म अलपत्र अवस्थामा अपांग सेवाग्राहिहरुलाई अस्पताल राख्नु परेको वडाअध्यक्ष धनकुमार दनुवारले बताए । वडाअध्यक्ष दनुवारका अनुसार घण्टौंसम्म कुरेरपनि सबै बिरामीहरुको रिपोर्ट बन्न सकेन । अहिले महिला तथा बाबबालिका कार्यालय उदयपुरको सहयोगमा सेवाग्राहिहरुलाई गाईघाटमा राखिएको छ । वडाभित्रका महिला पुरुषगरि २६ जना अपांग सेवाग्राहिहरु अस्पताल आएका थिए ।
भिडियोः–