ब्राउन सुगर सहित उदयपुरमा एक जना पक्राउ


गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटबाट लागू औषध सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयले जनाएअनुसार लागू औषध ब्राउन सुगर जस्तो देखिने सामानसहित उनि पक्राउ परेका हुन् । उनलाई अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो १ ग्राम ७ सय ५० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने सामान र नगद ३ हजार ४ सय रुपैयाँसहित पक्राउ परेका हुन् ।

पक्राउ परेको चौधरीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । लागू औषध कारोबारविरुद्धको प्रहरी निगरानी र सक्रियता पछिल्ला दिनमा कडा बनाइएको प्रहरी स्रोतले जनाएको छ।

Facebook Comments