



उदयपुरको चौदण्डिगढी नगरपालिका–४ शनिबारे बजारमा दुई महिलाको घाँटीबाट सुनको सिक्री चोरी गरी भाग्ने क्रममा एक जना युवक पक्राउ परेका छन्।
शनिबार बिहान करिब ९:४५ बजे शनिबारे बजारमा हिँडिरहेका दुई स्थानीय महिलाको घाँटीमा लगाइएको अन्दाजी १२ आना र १० आना तौलको दुईवटा सुनको सिक्री चोरी गरी भाग्ने प्रयास गरिरहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्ने व्यक्ति पर्सा जिल्ला, बिरगंज महानगरपालिका–२० का १९ वर्षीय सचिन राजपुत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उनलाई घटनास्थल नजिकै रहेको प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
हाल उनलाई इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। चोरीमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य पनि तीव्र पारिएको प्रहरीले जनाएको छ।
भिडियो: