ट्याक्टर र स्कुटर एक आपसमा ठोकिदा एकको मृत्यु

गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटमा सोमबार ट्याक्टरले स्कुटरलाई पछाडीबाट ठक्कर दिँदा स्कुटर चालक ४० वर्षीय बासु खड्काको मृत्यु भएको छ । सदरमुकाम गाईघाट बजारको मेनचोकमा स १ त ७८ २१ नम्बरको ट्याक्टरले प्रदेश १–०५–००१ प ७६८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा खड्का घाइते भएका थिए ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । ट्याक्टर र ट्याक्टर चालक क्रान्ती चौधरीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

भिडियोः

Facebook Comments