उदयपुर । उदयपुरमा चोमोलुङमा साहित्य परिषद्को प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । “साहित्य र कला क्षेत्रको पहिचान, सृजनशिल साहित्यकारहरुको अभियान” भन्ने नाराका साथ शनिबार साधारणसभा सम्पन्न भएको हो ।
सदरमुकाम गाईघाटमा सम्पन्न सो साधारणसभामा विभिन्न साहित्यक संघसंस्था प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । उनिहरुले शुभकामना मन्तव्यसँगै आआफ्नो सृजनाहरु समेत पस्केका थिए ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, संविधानसभा सदस्य मोहन बहादुर खत्री (दिपक), त्रियुगा बहुमुखी क्याम्पसका प्रमुख रमेश रोक्काको उपस्थित रहेको थियो । त्यसैगरी अग्रज साहित्यकार राममणी पोखरेल, नेपाली लेखक संघका उपाध्यक्ष महेन्द्र राई, टंक आलेमगर, देबेन्द्र पोखरेल, पत्रकार गजेन्द्र राई लगायतको अतिथिहरुको उपस्थिति रहेको थियोे ।
चोमोलुङमा साहित्य परिषद् २०८० जेठ १९ गते विधिवत् रुपमा जिल्ला प्रशासन कार्यालय उदयपुरमा दर्ता भएको थियो । परिषद्को अध्यक्ष “सम्झना” असफल राई हुनुहुन्छ ।