



गाईघाट । डि.एन.वि. फिट्नेस एण्ड हव गाईघाटद्धारा आयोजित अन्तर क्लव स्तरिय डेड लिफ्ट प्रतियोगिताको उपाधी अभिशेक मगर र सोना राईले जितेका छन् । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराको साथ शुक्रवार गाईघाटमा सम्पन्न प्रतियोगिताको उपाधी उनीहरुले पाएका हुन् । जिल्लाको त्रियुगा नगरपालिका १२ डिएम गेटमा भएको प्रतियोगितामा ११ जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा पुरुषतर्फका द्धितिय स्थान हासिल गर्नेअरुण श्रेष्ठले नगर एक हजुर पाँच सय रुपैया सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिएभने द्धितिय स्थान हासिल गर्ने समोराही खानले नगर एक हजुर रुपैया, मेडल र प्रमाणपत्र हात गरेका थिए । त्यसैगरि महिलातर्फ दोश्रो स्थान हासिल गर्ने कृतिका भगतले नगद एक हजुर पाँच सय रुपैया सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिएभने तेश्रो स्थान हासिल गर्ने भुमिका तामाङ्गले नगद एक हजुर रुपैया सहित मेडल र प्रमाणपत्र हात गरेका थिए ।
प्रतियोगिताको निर्णयक भुमिकामा नरेश सूर्या क्लासिक नेपाल २०२३ क्लासिक फिजिस्क गोल्ड मेडलिस्ट बिजेता साथै बडीविड्लिंग समूह का उप-बिजेता दिलिप चौधरीले गरेका थिए । खेललाई गोला प्रथाबाट मार्फत पहिलो दोश्रो र तेस्रो राउन गरी ३ स्टेपमा भिवाजन गरि प्रतियोगिता सुरुवात गरिको निर्णय चौधरीले बताए । प्रतियोगिता पछिल्ली समय जिल्लामा बढ्दो लागुऔषध प्रयोग गर्ने युवाहरु देखिन थालेकोले त्यसको न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उदेश्यले गरिएको हो ।