उदयपुर । शिक्षा विकास तथा समन्वय इकाइको निर्णय विपरित उदयपुरमा एक विद्यालयले काम गर्दै आएको छ । यसरी निर्णय वितरित काम गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्वर ५ दमौती स्थित जनता माध्यमिक विद्यालय रहेको छ ।
विद्यालयले मनोमानी ढंगले राहात शिक्षक नियुक्ति गरेको भन्दै स्थानीयहरुले विद्यालय र विद्यालय व्यवस्थापन समिति बिरुद्ध आन्दोलन गर्दै आएका छन् । उनिहरुले कार्यरत शिक्षक स्थानी भई रिक्त रहेको कोटामा पुनः विज्ञापन नगरी वैकल्पिक शिक्षकलाई नियुक्ति गरेको विषयलाई लिएर सम्वन्धित निकायहरुमा उजुरी समेत गर्दै आएका छन् ।
सोहि क्रममा शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरमा पनि उजुरी परेको थियो । उजुरीपछि शिक्षा विकास तथा समन्वय इकाइले ‘करार शिक्षक नियुक्ति गर्दा बैकल्पिक व्यक्तिलाई नियुक्ति गर्ने कार्य अनियमित भएकोले पुनः विज्ञापन गरी पदपूर्ति व्यवस्था गर्न गराउनु’ भन्ने बिद्यालयलाई पत्र समेत लेखिसकेको छ ।
गत २१ गते लेखेको पत्रमा ‘सफल भएको उम्मेदवारले विद्यालयबाट नियमानुसार नियुक्ति लिईसकेपछि वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने कार्य अनियमित नै भएको ठहरिने’ समेत उल्लेख गरिएको छ । तर, इकाइले लेखेको पत्र लामो समय वितिसक्दापनि विद्यालय व्यवस्थापन समितिले विभिन्न बहाना बनाएर आलटाल गर्दै आएको स्थानीय दुर्गा राईले बताए ।
स्थानीय राईका अनुसार वडा सदस्य समेत रहेका विव्यस अध्यक्ष कुबेर ग्रान्जामगर र प्रधानध्यापक रमाकान्त चौधरीले सो कोटामा सबिता थापालाई नियुक्ति गरेको छ । यसरी गरिएको नियुक्ति कानून विपरित रहेको स्थानीय बुद्धिजीवीहरु बताउछन् ।
उक्त ठाउँमा कानुन बमोजिम नयाँ बिज्ञापन मार्फत प्रतिस्पर्धा गराएर नयाँ शिक्षक नियुक्त गर्नुपर्ने उनिहरुको भनाई छ । इकाइले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय उदयपुर र त्रियुगा नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखालाई समेत बोधार्थ गरिएको छ ।
इकाइले लेखेको पत्रः