उदयपुरमा सशस्त्र प्रहरीद्वारा एक ट्रक काठ नियन्त्रणमा

उदयपुर । उदयपुरमा सशस्त्र प्रहरीले एक ट्रक काठ नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ । सशस्त्र प्रहरीले अनुसन्धानका लागि सो काठ नियन्त्रणमा लिएको प्रहरीलाई बुझाएको प्रबक्ता समेत रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिनन्दन चौधरीले बताए ।

प्रबक्ता चौधरीका अनुसार मंगलबार सशस्त्र प्रहरीको गस्ती टोलिले ट्रक र काठ नियन्त्रणमा लिएको नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । उक्त काठ जिल्लाको उदयपुरगढी गाउँपालिकास्थित नेपालटारदेखि त्रियुगाको सिसुवारी लाने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियोे ।

काठ पौवा सामुदायिक बन उपभोक्त समितिको रहेको प्रहरीले जनाएको छ । हाल ट्रक र काठ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Facebook Comments