कोशीले बगाएका दुई बालबालिका भेटिए, अझै एक बेपत्ता

उदयपुर । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा हराएका मध्ये दुई बालबालिका मृत्य फेला परेका छन् । उनिहर् आईतवारदेखि हराएका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्था फेला परेको थियो ।

उनलाई खोजी गर्ने क्रममा रेखाको शब उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शब  खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेको वडाअध्यक्ष हिमराज मगरले बताए । अध्यक्ष मगरका अनुसार मृतक रिदमको शब मंगलबारै पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ भने रेखाको शब ल्याउने तयारी भई रहेको छ । अब बेपत्ता हुनेको संख्या एक रहेको प्रहरीले जनाएका छन् ।

जसमा साउने बस्ने बर्ष ९ को लोकचन्द्र मगर रहेका छन् । उनिहरु होली खेल्दै साउने बजारदेखि सुनकोशी पुगेका थिए । सुनकोशी पुगेका उनिहरु नुहाउने क्रममा कोशीले बगाएको थियो ।

Facebook Comments