



बिराटनगर । उदयपुरका दुई प्रदेश सांसद् मन्त्री बनेका छन् । मन्त्री बन्ने सांसद् नारायण बुर्जा मगर र रामकुमार खत्री रहेका छन् ।
बुर्जा मगर कोशी प्रदेशको खानेपानी सिंचाई तथा उर्जा मन्त्री भएभने खत्री उद्योग, कृषि तथा सहकारी मन्त्रीमा नियुक्ती भएका हुन् । उनिहरुको शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण समेत भई सकेको छ ।
उनिहरुलाई प्रदेशका प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । मगर नेकपा माओवादी केन्द्र र खत्री नेपाली कांग्रेसबाट विजयी सांसद् हुन् ।
भिडियोः
Facebook Comments